एजेन्सी, २६ फागुन । इटालियन क्लब युभेन्टस युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा पोर्चुगलको एफसी पोर्टोलाई ३-२ गोलले पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन ।
युभेन्टसको घरेलु मैदानमा अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो । समग्रमा ४-४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो ।
युभेन्टसका फेडेरिको चिसाले २ गोल गर्दा एड्रिएन राबिअटले एक गोल गरेका थिए । पोर्टोका सर्जियो अलिभिएराले २ गोल गरेका थिए ।
यस्तै गए राति नै भएको अर्को खेलमा जर्मन क्लब बोरूसिया डर्टुमन्डले स्पेनिस क्लब सेभियामाथि २-२ गोलको बराबरी खेल्दै समग्रमा ५-४ को जितसहित क्वार्टरफाइनलमा स्थान बनायाे । पहिलो लेगमा डर्टुमन्डले ३-२ गोलको जित निकालेकाे थियो ।




