२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, ३ चैत । स्पेनिस ला लिगामा बार्सिलोनाले सोमबार हुयस्कालाई ४-१ गोल अन्तरले हराएको छ ।  घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक गोल फर्काए ।

क्याप नोउमा खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बन्यो । पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५३ औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-१ को जित दिलाए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगा पूरा गरे । मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

यता, यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । हुयस्का २० अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!