२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको जीवन रक्षाका निम्ति क्रियाशील रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरन)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

कोरोनाको प्रभावका कारण खाद्यान्न आपूर्तिमा कुनै समस्या नआएको बताउँदै प्रधानमन्त्री ओलीले कोभिड १९ को महामारीका कारण उत्पन्न समस्या भए सरकार सहयोग गर्न तत्पर रहेको पनि बताए ।

‘जहाँ रहे पनि सबै नेपालीबीच एकताको जरुरी छ । सरकार गैरआवासीय नेपालीसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ ।’ ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!