२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सुरु गरेकाे क्रिकेटलाई स्थानीयस्तरसम्म पुर्‍याउने अभियानका क्रममा प्रशिक्षक ह्वाटमोर विराटनगर आइपुगेका हुन् ।

क्रिकेटलाई स्थानीयस्तरसम्म पुर्‍याउनका लागि सुरु हुन लागेको उक्त अभियानअन्तर्गत ह्वाटमोर सात वटै प्रदेश पुग्दैछन् । यसैक्रमको सुरुवातमा उनी  प्रदेश १ मा आइपुगेका हुन् ।

No description available.

क्यानको आयोजना र राष्ट्रिय खेलकुद परिषद् पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रादेशिक क्रिकेट सङ्घ, प्रदेश एक र मोरङ जिल्ला क्रिकेट सङ्घको सहकार्यमा आयोजना गरिएको ‘नेपाल आउटरिच प्रोगाम’मा सहभागिताका लागि उनी विराटनगर आएका हुन् । उनले प्रदेश एकमा रहेका प्रशिक्षक, महिला तथा पुरुष राष्ट्रिय खेलाडी, प्रदेश, जिल्ला, एकेडेमी र विद्यालयका खेलाडीहरूलाइ प्रशिक्षण दिनेछन् ।

चार दिनसम्म आयोजना हुने प्रशिक्षणअन्तर्गत बुधबार बिहान प्रदेश एकभरिका प्रशिक्षक र अफिसियलहरूलाई वाटमोरले विशेष प्रशिक्षण दिएका थिए । यस्तै, वर्कशपअन्तर्गत वाटमोर र सहभागी प्रशिक्षक, अफिसियलहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो ।

चार दिनसम्म प्रदेश राजधानी विराटनगरमा सञ्चालन हुने वर्कशपको दोस्रो र तेस्रो दिन प्रदेशभरिका राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै, वर्कशपको अन्तिम दिन केही मैत्रीपूर्ण क्रिकेट खेल र प्रशिक्षण हुने कार्यक्रम तालिका रहेको प्रादेशिक क्रिकेट सङ्घ प्रदेश एकका उपाध्यक्ष नवीन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!