२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १२ चैत । थ्री नेसन्स कपअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । बिहीबार घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग बराबरी खेल्दै अङ्क बाँडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ ।

यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ भने आजको खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!