२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, चैत्त १४ गते । नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ । किर्गिस्तानसँग जितेर पुरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अङ्कमा सिमित हुँदै थ्री नेशन्स कप प्रतियोगिताको पूछारमा रहन बाध्य भयो ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई बङ्गलादेशले १–० ले हराउँदा तथा नेपालले किर्गिस्तानसँग बराबरी खेल्दा बङ्गलादेशले नेपाल बिरुद्धको खेल अगाडि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!