२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १७ चैत । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । साेमबार उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गरे । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाए । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गरे ।

४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिए । पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो ।

८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो । ८१ औं मिनेटमा विशाल राईलाई छीरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!