२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसले डा. गाेविन्द केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरी डा. केसी र सरकारबीचको सहमतिलाई स्वागत गर्दै यस्तो आशंका व्यक्त गरेको हो ।

उनले डा. केसीसँगको सहमतिलाई स्वागत गर्दै ‘साउनमा सहमति, माघमा उल्लंघन’ को नजिर दोहोरिनेप्रति खबरदारी आवश्यक रहेको पनि बताएका छन् ।

विगतमा सहमति उल्लंघन गरिएको नजिर दृष्टिगत गर्दै खबरदारी जारी राख्न प्रवक्ता शर्माले अपिल गरेका छन् । २०७५ साउन १० गते डा. के.सीसँग गरिएका सहमति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोही बर्षको माघमा उल्लंघन गरेको उनले टिप्पणी गरे ।

शर्माले कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेश विस्थापित गर्नु र अघिल्ला सहमति उल्लंघन सरकारले गरेकै कारण केसी पुनः अनसनमा बस्नु परेको पनि बताए ।

असोज २४ गते मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्न उनले सरकारसँग आग्रह गरे ।

शनिबार मध्यरातमा डा. केसी र सरकारबीच आठ बुँदे सहमति भएपछि २८ दिनदेखि अनसनरत डा. केसीले आइतबार बिहान अनसन तोडेका थिए ।

चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९औँ अनसन तोडेका हुन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!