२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट फ्रेन्चाइज दिल्ली क्यापिटल्सको कप्तानमा ऋषभ पन्त नियुक्त भएका छन् । दिल्ली क्यापिटल्सले ऋषवलाइ टोलीको नेतृत्व सुम्पिएको हो ।  उनले पहिलो पटक कुनै टोलीको नेतृत्व गर्न लागेका छन् ।

नियमित कप्तान श्रेयस ऐयर घाइते भएर टोलीबाट बाहिरिएपछि उनको स्थानमा ऋषभले नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। इंग्ल्याण्डविरुद्धको एकदिवसीय खेलको क्रममा काँधमा आएको चोटको कारण श्रेयस आईपीएलको आगामी संस्करणबाट बाहिरिएका हुन् ।

ऋषभ सन् २०१६ को संस्करणमा देल्ही क्यापिटल्समा आबद्ध भएको थिए । २३ वर्षीय पन्त विराट कोहली, स्टिभ स्मिथ, सुरेश रैना र श्रेयास ऐयरपछि पाँचौं सबैभन्दा कान्छो कप्तान नियुक्त भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!