एजेन्सी, २४ चैत । बार्सिलोनाले स्पेनी ला लिगामा सोमबार राति रियल भालाडोलिडलाई १–० ले हराएको छ । भालाडोलिडलाई हराएसँगै ला लिगामा उपाधि दाबेदार मानिएको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाको जितमा ओसमन डेम्बेलेले खेलको अन्त्यतिर नाटकीय गोल गरेका थिए । यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा मजबुत देखिएको छ ।
जितसँगै बार्सिलोनाको ६५ अंक भएको छ । शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग बार्सिलोना एक अंकको मात्र दूरीमा रहेको छ । अब बार्सिलोनाले लिग उपाधिका लागि बलियो चुनौती पेस गर्न सक्नेछ ।
लिगमा बार्सिलोनाको यो लगातार छैटौं जित पनि हो । खेल बराबरीतर्फ अग्रसर देखिएको बेला डेम्बेलेले ९० औं मिनेटमा निर्णायक गोल गरे । अघिल्लो टिम एटलेटिको सेभियाविरुद्धको खेलमा पराजित भएपछि लिग उपाधिका होड खुल्ला भएको हो ।




