अजय मण्डल
देवानगञ्ज, १ वैशाख । सुनसरीको देवानगञ्जमा आयोजित अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा दिव्य ज्योति स्कूल विजय भएको छ । बुधबार भएको खेलमा श्री कृष्ण माविलाई दिव्य ज्योति स्कूलले हराएको हो ।
श्री कृष्ण माध्यमिक विद्यालय का बिद्यार्थी ले १६४ को टार्गेट दिएको थियो । सोही लक्ष्य पछ्याएको दिव्य ज्योति स्कूलले १६५ रन बनाउँदै विजयी हासिल गर्यो ।
मंगलबारदेखि जन साझा उत्थान केन्द्र देवानगञ्ज–२ को आयोजनामा २ दिने अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

देवानगञ्ज गाउँपालिका वडा नं ३ स्थित श्री कृष्ण माध्यमिक विद्यालयमाको खेल मैदानमा हुने उक्त प्रतियोगिता वैशाख १ गते समापन हुनेछ । उक्त प्रतयोगितामाको विजेता टोलीले नगद रु .५००० र दोस्रो हुनेले रु २१०० पाउनेछन् ।




