२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालनका लागि सम्झौता गरेको छ ।

विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो । सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालनका लागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीबिच आईतबार सम्झौता भएको छ ।

मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!