२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, २७ असोज । सुनसरी धरानका एक जना ब्राउनसुगरसहित पक्राउ परेका छन् । धरान–१५ विशालचोकका ३८ वर्षीय विजयकुमार रोक्कालाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

सोमबार राति को १० प ६२५९ नम्बरको मोटरसाइकलमा आइरहेका रोक्कालाई विषेश सुराकका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको हो ।

हिजो राति ८ बजे पक्राउ परेका उनीमाथि चेकजाँच गर्दा शरीरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैयाँसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्का उपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!