२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ असोज । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । बिहीबार ६५४ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको हो ।
प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरङ र तेह्रथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबार विराटनगरमा २२५ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये १०० महिला र १२५ पुरुष छन् ।

मोरङको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज ३२६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४१ म्हिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!