
धरान, २ कात्तिक । इटहरीका कोरोना भाइरस संक्रमितको धरानमा मृत्यु भएको छ । इटहरी–१ का ७९ वर्षीय संक्रमित पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी २७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी मुटु र मधुमेहका विरामी रहेको अस्पतालले जनाएको छ ।