विराटनगर,१२ असाेज: सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरुको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए ।
कोसी व्यारेज भएर ५ लाख ३१ हजार क्युसेक पानीको वहाब भइरहेको छ ।
ताजा समाचार
© 2026, All right reserved to Grameen Khabar
Developed️ By Gorkhaly Labs




