खोटाङ, २२ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामामकरण चाँडै हुने बताएका छन् । खोटाङमा शनिबार एक कार्यक्रममा बाेल्दै मुख्यमन्त्री राईले चाँडै प्रदेश नं १ लाई छिट्टै नाम दिने बताए ।
मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्न बाँकी रहेकाले नामाङ्कनको काम पनि चाँडै नै गरिने बताए । कोभिड–१९ का कारणले विलम्ब भएको उल्लेख गर्दै मख्यमन्त्री राईले प्रदेश नं १ लाई छिट्टै नाम दिने बताए । यद्यपि राजनीतिक खिचातानी भयो भने प्रदेश नं १ को नामकरणमा समस्या आउने मुख्यमन्त्री राईको भनाइ थियो ।
“प्रदेशको नामाङ्कन विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा ढिलो भयो, अब छिट्टै नै टुङ्ग्याउने तयारी गरेका छौँ । नामकरणमा राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ,” उनले भने ।
मुलुकमा सिर्जना भएको राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको मुख्यमन्त्री राईको भनाइ थियो । “केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो । ठूलाठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर गर्यो,” उनले भने ।




