२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,०९ पौष: ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ ।

विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो ।

उपाधिसँगै डनबस्को स्कुलले २ लाख ५० हजार मूल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको थियो । खेलको दोस्रो हाफमा एकतर्फी खेल पस्केको डनबस्को लागि ४५ औँ मिनेटमा निकुस खतिवडाले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्स भित्रबाट गरेको प्रहारले चाली चुमेको थियो ।

फाइनल खेलमा विधागततर्फ पनि डनबस्को स्कुलको वर्चस्व कायम रह्यो । प्रतियोगिताको वेस्ट मीड फिल्डर डनबस्को स्कुलका प्रशान्त खड्का घोषित भए । वेस्ट डिफेन्डर डनबस्को एनएस अधिकारी, वेस्ट गोलकिपर डनबस्को नैतिक बस्नेत, वेस्ट फरवड निकेश खतिवडा र वेस्ट कोच डनबस्को बिक्की कार्की भए । यस्तै वेस्ट प्लेयर अफ टुर्नामेन्ट मदरल्याण्ड एकाडेमीका प्रकाश शर्मा भए भने अनुशाति टिम विराट शिक्षा निकेतन स्कुल भयो । इमरजिङ्ग प्लेयर अर्पण स्कुलका दिवस खतिवडा घोषित भएको छ ।
सोही अवसरमा दुई जनालाई प्याब्सन विराटनगरले सम्मान गरेको छ । प्रशिक्षक जितेन्द्र कुमार साह र मोरङ फुटबल संघका पुर्वअध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमाललाई सम्मान गरियो ।

प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई पुरस्कार र शिल्ड प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, प्याब्सन मोरङका अध्यक्ष सितला सुब्बा, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष इन्द्र कुमार राई, उपाध्यक्ष अर्जुन श्रेष्ठ, कार्यक्रम संयोजक नन्दलाल मण्डल, हिरा थापा, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, अभिभावक सङ्घ प्रदेश १ का अध्यक्ष देवी पन्थी, विराट गोल्ड कप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँ, हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खड्कालगायतले वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला रहेका थिए ।

प्याब्सन विराटनगरको आयोजनामा पुस १ गतेदेखि भएको प्रतियोगितामा विराटनगरका २८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!