२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तेह्रथुम,१२ पौष : ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो ।

साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!