२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ पौष जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पौष १४ गते राती बिराटनगर महानगरपालिका(९ ठाकुरवाडी रोडबाट प्रदेश नं ०१-०२-०४२ प ३७७७ नम्बरको NS मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका -७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका -७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका-१९ का २१ बर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन बिराटनगर-८ मधुमाराबाट प्रदेश नं ०१-०२-००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई चोरी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!