२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २४ पुष : नेकपा एमाले स्थायी कमिटिका सदस्य एवं संसदीय दलका नेता हिक्मत कार्की प्रदेश न , १ को मुख्यमन्त्रीमा नियुक्ती भएका छन । प्रदेश न , १ को उनी चौथो मुख्यमन्त्री बनेका छन ।
झापा निवासी कार्की शेरधन राई नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री थिए । एमाले वृतमा निक्कै लोकप्रिय छवी बनाएका कार्की नेकपा एमालेका अध्यक्ष केपी ओली निकट मानिन्छन ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले आईतवार साझ ५ गते कार्कीलाई प्रदेश न , १ को मुख्यमन्त्रीमा नियुक्ती गरेका हुन । चार दलीय गठबन्धको कुल ६० मतको समर्थन लिएर एमालेले प्रदेश प्रमुख समक्ष दावी गरेको हो ।
कुल ९३ सदस्य रहेकोे प्रदेश सभामा नेकपा एमालेले ४० , माओवादी केन्द्रको १३ , राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ र जनता समाजवादीको १ सांसदको समर्थन लिएर नेपालको संविद्यानको धारा १६८ को उपधारा २ बमोजिम दावी प्रस्तुत गरेको हो ।
प्रदेश प्रमुखले कुनैपनि दलको बहुमत नदेखिएकोले दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाएर बहुमत सहित दावी गर्न गत पुष १७ गते एक साताको समय दिएका थिए ।


नवनियुक्त मुख्यमन्त्री कार्कीलाई भोली सोमवार २ बजे प्रदेश प्रमुख खापुङ्गले सपथ ग्रहण गराउने कार्यक्रम छ ।
नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेपछि मन्त्री मण्डलले पूर्णता पाउने बताए । अहिले हामी सानो आकारमा सवै दलका १÷१ जना मन्त्री बनाउछौ उनले भने , ।
गठबन्धनका चारै दलका संसदीय दलका नेताले प्रदेश प्रमुख समक्ष बहुमत पुगेको दावी सहित हस्ताक्षर गरेका छन ।
यसरी दावी सहित हस्ताक्षर गर्नेमा एमालेका तर्फबाट संसदीय दलका नेता हिक्मत कार्की , माओवादी केन्द्रबाट इन्द्र आङबो , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ती सिटौला र जनता समाजवादी पार्टीबाट निर्मला लिम्बू छन ।
सूत्रका अनुसार मुख्यमन्त्रीले पहिलो चरणमा ४ सदस्यीय मन्त्रीमण्डल बनाउने छन । मुख्यमन्त्री कार्की सहित माओवादी केन्द्रबाट दुर्गा चापाँगाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ती सिटौला र जनता समाजवादीबाट निर्मला लिम्बू पहिलो चरणमा मन्त्री बन्दैछन ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोले मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय भएको बताए ।
आईतवार दिउसो बसेको गठबन्धनको सर्वसदलिय बैठकमा प्रदेश न , १ को सभामुखमा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । कुन कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्ने बारेमा छलफल भैनसकेको नेताहरुले बताए ।
यस्तै आलोपालो मुख्यमन्त्री बन्ने बिषयमा पनि छलफल भैनसकेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!