२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कपिलवस्तु,२४ पुस: कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो । पालिकाले सिचाइँका लागि मोटर, पम्पसेट, स्प्रे–ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरेको छ ।

कृषकलाई मागको आधारमा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । विजयनगर गाउँपालिकामा सिचाइँको धेरै समस्या भएको हुँदा कृषकलाई मोटर र पम्पसेटजस्ता उपकरण अनुदानलाई प्राथमिकता दिइएको अध्यक्ष थापाको भनाइ छ ।

दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दैआएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!