
विराटनगर,०३ माघ : डाक्टर टिएन रायको ४६ औं पुण्य तिथिको अवसरमा सुनसरीको बर्जु गाउँपालिका वडा नम्वर ३ अमडुवामा बृहत स्वास्थ्य शिविर संचालन गरिएको हाे।
नेपाल होमियोपैथी चिकित्सक संघको आयोजनामा सम्पन्न भएकाे उक्त शिविरमा स्थानिय वर्जु गाउँपालिका लगायत भारत विहारका विरामीहरू समेत सेवा लिएकाे आयाेजक संस्थाका अध्यक्ष रविन्द्र रायले जानकारी दिनुभयाे । शिवीरमा होमियोपैथी र एलोपैथी दुवै चिकित्सा पद्धतिबाट विरामीको उपचार गरिएको थियो । शिवीरमा आखाँ,कान र दन्त रोग चिकित्सकले सेवा दिएका थिए ।
स्थानिय एक विद्यालयमा आयाेजना गरिएकाे साे शिविरमा ४ सय ५० जना आँखाका रोगीले उपचार लिएका छन । शिविरमा जाचकाे क्रम १३० जनामा गम्भीर प्रकृतिको मोतियाबिन्दुको रोग देखिएको आयोजक संस्थाका महासचिव डाक्टर रवि प्रकाशले जानकारी दिनुभयो । मोतियाबिन्दुका विरामीलाई विराटनगर आँखा अस्पतालको सहयोगमा निशुल्क अप्रेशन र औषधि उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।
यस्तै शिवीरबाट ६० जना कानका विरामी र २२ जना दाँतका विरामीले उपचार सेवा लिएको जनाईएको छ ।
ग्रामिण क्षेत्रका बासिन्दा अहिलेपनि गुणस्तरिय स्वास्थय सेवा बाट उपेक्षित रहनुपरेकाले आफुहरुले समेत शिविरमा सहयोग गरेको सहयोगि संस्था लायन्स क्लब प्रोफेश्नल,विराटनगरका डिल्ली प्रसाईले बताउनुभयो । शिवीरमा होमियोपैथी उपचार पद्धतिबाट समेत १५० जनाले उपचार सेवा लगायत नि:शुल्क ओषधी समेत वितरण गरिएकाे आयोजक संस्थाका अध्यक्ष डाक्टर रविन्द्र रायले जानकारी दिनुभयो । डाक्टर रायको स्मृतिमा आयोजक संस्थाले वितेको २ दशक देखी बृहत स्वास्थय शिवीर आयोजना गर्दै आएको आयोजक संस्थाका महासचिव डाक्टर रविप्रकाश रायले जानकारी दिनुभयो ।
उक्त शिविरमा रेडक्रस विराटनगरकाे प्राविधिक सहयाेगमा अवसरमा रक्तदान रक्तदान कार्यक्रम समेत गरिएकाे थियाे । ११ पिन्ट रक्त समेत संकलन भएको आयोजक संस्थाले जनाएको छ ।