२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बारा, १७ कात्तिक । बाराको किसानले उत्पादन गरेको केराले बजार मूल्य नपाएपछि किसान आफैँ सड्कमा केरा बेच्न थालेका छन् । केरा बारीमै सड्न थालेपछि बारा निजगढका किसान अहिले आँफै सडकमा पुगेर केरा बेच्न बाध्य भएका हुन् ।

गत चैतदेखि नै स्थानीय उत्पादनको अपेक्षाकृत रुपमा बजारीकरण हुँन नसक्दा किसानहरु मर्कामा परेका थिए ।

किसानले आफैँ सडकमा बेच्दा किसानले राम्रो मूल्य पाएको र बिचैलिया समेत निरुसाहित भएको स्थानीय किसान जितबहादुर लोप्चनले बताए ।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आई पुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीका केरा खेतमा अहिले कमी हुँदै आएको छ ।

बिचैलियाले किसानको बारीबाट दुई रुपैयाँ प्रति कोसा केरा लिने गरेका कारण घाटामा रहेका किसानले अहिले आफैले बेच्दा मनग्य आम्दानी गर्न थालेको अर्का केरा उत्पादक किसान विनय राईले बताए ।

निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!