विराटनगर ः सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ सोमबारेबाट लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । आइतबार राति १०ः१५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले २५ वर्षीय धिरज राईलाई नियन्त्रणमा लिएको हो र
लागू औषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले उक्त राईको शरिर खानतलासी गर्दा पाइन्टको गोजीमा लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने दुई ग्राम तीन सय पचास मिलिग्राम पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
पक्राउ परेका राईलाई अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान प्रहरीले जनाएको छ ।




