२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ः नेपाल आयल निगमले शुक्रबार देखि लागु हुनेगरी पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।

काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५७ रुपैयाँ र डिजेलको १४२ रुपैयाँ । सुर्खेत र दाङमा पेट्रोल १५६ रुपैयाँ र डिजेल १४१ रुपैयाँ र अन्य स्थानहरूमा पेट्रोल १५४.५० रुपैयाँ र डिजेल १३९.५० रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार मूल्य समायोजन भारतीय आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा गरिएको हो । पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँ घटेर आएको मूल्यलाई समायोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!