२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १८ जेष्ठ : पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजवादीहरुको पर्दशनका क्रममा उनलाई नारायणचौर देखी बालुवाटारतर्फ बढने क्रममा निशेधित क्षेत्र ताेड्न खाेज्दा प्रहरीले घेरा हालेर थापालाई  हात र खुट्टा चारैतर्फ समाएर घिसारदै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने प्रयास गर्दा आन्दोलनकारी र प्रहरीतर्फ सामान्य मुडभेड समेत भएको थियो ।


थापालाई पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवार साझ ५ बजे कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको खास आन्दोलन भोलीबाट सुरु हुने प्रतिक्रिया दिएका छन । सरकार शान्तिपूर्ण आन्दोलनलाई दनम गर्दै गएको छ अध्यक्ष लिङदेनले भने , भोलीदेखी खास आन्दोलन सुरु गर्छौ ।
राजसंस्थाको पूर्नस्थापना र हिन्दु राज्यको घोषणा लगायतका प्रमुख माग राख्दै राप्रपा यही जेष्ठ १५ गतेदेखी चरणबद्ध आन्दोलनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!