२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी  : सुनसरीको इटहरीबाट ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा मङ्गलवार बिहानको राती १ः३० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको मिनी ट्रक जाँच गर्दा दुई हजार एकसय किलो गाँजा फेला पारेको हो।

ना.५ ख.६११६ नम्बरको सेतो मिनी ट्रकलाई इटहरी उपमहानगरपालिका–२० तरहराको जङ्गल नजिक कोशी लोक मार्गमा शङ्का लागेर जाँच गरिएको थियो।
चेकजाँचका क्रममा ट्रकमा राखिएका ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुको बिचमा लुकाएर राखिएको अवस्थामा ७० बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिद भूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र चेकिङ स्थानमा शङ्कास्पद रूपमा उपस्थित सुनसरी वराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। बरामद गाँजा, ट्रक र पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!