२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : नया प्रतिभा उजागर गर्ने उदेश्यले धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ !
धरान उपमहानगरपालिकाको संयोजनमा धरान सिटी फुटबल क्लबको आयोजनामा ‘मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता–२०८२’ यहि असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
पहिलोपटक हुन लागेको यो प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै नयाँ प्रतिभा उजागर गर्न मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। प्रतियोगितामा धरानका आठ वटा प्रतिष्ठित महिला फुटबल क्लबहरूको सहभागिता रहनेछ।
धरान सिटी फुटबल क्लबका अध्यक्ष प्रेम घिमिरेका अनुसार प्रतियोगिता महिला फुटबलको विकास, विस्तार, व्यवसायीकरण तथा संस्थागत प्रवर्द्धनतर्फको महत्वपूर्ण कदम हुनेछ। उनले महिला फुटबललाई स्थानीय तहमै व्यावसायिक स्वरूप दिन प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विजेता टोलीलाई नगद ५० हजार, उपविजेतालाई २५ हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित प्रत्येक खेलको ‘म्यान अफ द म्याच’, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!