२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ६ जेष्ठ : कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङमागले चालु आर्थिक बर्षको बजेटमा मन्त्रालयलाई अपुग बजेट विनियोजन गरेकोमा चिन्ता व्यक्त गरेका छन ।
हालै सार्वजनिक भएको चालू आर्थिक बर्ष ०८२÷०८३ को विनियोजित बजेट माथि गृह जिल्ला ताप्लेजुङ पुगेर उनले असन्तुष्ठि पोखेका हुन । मेरो मन्त्रालयमा यसपटक बजेट अत्यन्तै न्यून छ्ट्टाइएको छ , नेपाल प्रेस युनियन ताप्लेजुङले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा हाङमागले भने , मन्त्री नियुक्ती नुहँदा यही मन्त्रालयमा २५ प्रतिसत सम्म बजेट छुट्टाइन्थ्यो तर अहिले ११ प्रतिसतमा सिमित गरिएको छ ।
बजेट निर्माण गर्नेक्रममै आफूले मुख्यमन्त्रीसँग यस बिषयमा प्रश्न राखेको उनले बताए । हिजो मन्त्रालयको जिम्मेवारी लिने मन्त्री नहुँदा २० देखी २५ प्रसित सम्म बजेट छुट्टिने गरेको थियो तर म जस्तो काग्रेसको यूवा मन्त्री हुँदा बजेट किन न्यून भयो भन्ने मुख्यमन्त्रीसँग हासि हासि प्रश्न गर्दा उहाँले पछि हेरौला नि भन्नु भएको उनले जानकारी दिए ।
तथापी थोरै बजेट आएपनि आफुले उद्योग , कृषि तथा सहकारी क्षेत्रका प्राथमिकतालाई भित्रै देखी नियालेर यस बर्षको बजेटमा सम्बोधन गरेको खुलासा गरे । कृषि क्षेत्रका धेरै समस्या छन , परम्परागत कृषि प्राणालीलाई निरुत्साहित गर्नुछ र आधुनिक कृषि प्रणाली जस्तै (यान्त्रिकरणमा )को सुरुवात गर्ने आफ्नो योजना रहेको उनले सुनाए । धेरै जिल्लामा अझै पनि कुटो , कोदालो र हलोबाट खेती गरिदै आएको छ उनले यस परम्परागत प्रणालीलाई विस्थापित गरि आधुनिक कृषिको विकासमा मन्त्रालयले सम्बोधन गर्ने बताए । यसका लागि मन्त्रालयले सक्दो सहकार्य गर्न तयार रहेको पनि उनले स्पस्ट पारे ।
आफू एउटा ग्रामिण जिल्ला ताप्लेजुङ्गमा जन्मिएका कारण यहाँको अलैची खेतीलाई प्रर्वद्धन गर्न पनि तयार रहेको बताए । वंगलादेश र अन्य राष्ट्रहरुमा ताप्लेजुङको अलैचीलाई अन्तराष्ट्रिय करण गर्न आफूले सक्दो प्रयास गर्ने पनि मन्त्रीले जानकारी दिए । अलैची खेतीको व्यवसायीकरणका लागि यो बर्ष २ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको उनले खुलासा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!