जनकपुर,१० असार : कलकतियाबाली’ नामले चर्चित कलाकार अभिनाश झाकी श्रीमती अन्सा सदाय मृत फेला परेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका १५ स्थित सुटिङ सेट घरमा झुन्डिएको अवस्थामा कलाकार अन्सा मृत फेला परेकी हुन् । सोमवार राति करिब ९ बजे उनी मृत फेला परेको धनुपाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार घरको नाम सुटिङ सेट राखेको रहेछ। त्यही घरमा श्रीमानसँगै अन्सा बस्दै आएकी थिइन् । उक्त घरमा अन्य दुई युवक पनि बस्दै आएको थियो ।
आज बिहान कानूनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको डिएसपी सिंहले बताए । उनले भने, ‘अन्साले आत्महत्या नै गरेको हो की अन्य कुनै कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
गत माघ महिनामा मात्रै कलाकार अभिनाशले अन्सासंग अन्तरजातीय विवाह गरेका थिए ।




