
विराटनगर,१० असार कोरोनाको संक्रमण कोशी प्रदेशका केही जिल्लामा फेरी फौलिएको छ । सवैले होसियारी अपनाउ । संक्रमितको संख्या प्रतिदिन बढदै गईरहेको बेला निधन हुने क्रम पनि सुरु भएको छ । नयाँ भेरियन्ट सुरु भएपछि इलाम बस्ने एक महिलाको मंगलवार निधन भएको हो । लामो समयपछि कोरोना संक्रमणबाटै मृत्यू भएको यो सम्भवत नेपालमै पहिलो हो ।
इलामको सूर्योदय नगरपालिकामा स्थायी बसोबास गर्ने बर्ष ४१ की एक महिलाको विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा उपचार गर्नेक्रममा मंगलवार विहान ६ बजे निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डिएसपी कोपिला चूडालले घटनाको पुष्टि गरेकी छन । एक सातादेखी निरन्तर ज्वरो आएपछि झापाको विर्तामोड स्थित विर्ता सिटी अस्पतालमा उपचार गराईरहेकी ती महिलाको थप उपचार गर्ने क्रममा विराटनर स्थित नोवेल शिक्षण अस्पतालमा उपचार गर्ने क्रममा आज निधन भएको हो ।
नोवेल शिक्षण अस्पतालका प्रबन्धक दिपेश राईले मंगलवार विहान अस्पताल ल्याएको र इर्मेजेन्सीमा उपचार गर्नेक्रममा निधन भएको बताए । कोरोनाको नयाँ संक्रमण फैलिदै गएकोले थप सर्तक हुन सल्लाहा दिए ।