२०८२ कार्तिक १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर: विराटनगर महानगरपालिकाले चालू आर्थिक बर्षमा ४ अर्व ४० करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
महानगरको १६ औं नगर सभामा उपप्रमुख शिल्पा कार्कीले मंगलवार विराटनगरमा आयोजित एक कार्यक्रमका विच उक्त बजेट प्रस्तुत गरेकी हुन । स्रोत सुनिश्चितता नगरि ल्याएकोले यो बजेटलाई महत्वकांक्षी मानिएको छ । गत आर्थिक बर्षको तुलनामा यो बर्षको बजेटको आकार ८९ करोड ७० लाख रुपैया बढी छ ।
आन्तरिक स्रोतबाट १ अर्व ४० करोड संकलन गर्ने बजेटले लक्ष्य लिएको छ । गत बर्षको संकलन अनुपात हेर्दा बजेट घाटामा जाने देखिन्छ । महानगरले गत आर्थिक बर्षमा १ अर्व १० करोड ६९ लाख आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य राखेको थियो । तर यही जेठ मसान्त सम्म संकलनको अवस्था हेर्दा ४३ करोड ८५ लाख मात्र अशुली भएको छ । यही अनुपातले असार मसान्त सम्म ६० करोड स्रोत मात्र संकलन हुने अवस्था छ ।
नागरिक समाज , उद्योगी व्यवसायी तथा राजनीतिक दलहरुसँग छलफल गरेर बजेट ल्याएको उपप्रमुख कार्कीले नगरसभामा बताए पनि लक्ष्य पुरा हुने स्थिति न्य्रून छ । महानगरले चालु आर्थिक बर्षको जेठ मसान्त सम्मको खुद आम्दानी २ अर्व २७ करोड मात्र गरेको छ । जवकी चालु आर्थिक बर्षमा ३ अर्व ५० करोड ३० लाख ८६ हजार रुपैयाको कुल लक्ष्य लिएको थियो ।
महानगरले प्रस्तुत गरेको बजेटमा समानिकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार , राजस्व बाँडफाडबाट १ अर्व १९ करोड २० लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आन्तरिक राजस्वबाट १ अर्व ४० करोड , नगद मौज्जाद १४ करोड , संघीय सरकारबाट सशर्त र समपुरक अनुदान ८३ करोड ३४ , प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार , सडक बोर्ड नेपालबाट १ करोड ५० र अन्य संघ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
महानगरले कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ६४ करो्ड ७५ लाख ,ऋणको सावा , व्याज भुक्तानीका लागि ५ करोड , चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि ८ करोड विनियोजन गरेको छ ।
महानगरले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारतर्फ समपुरक योजनाहरुका लागि ६ करोड २० लाख , बहुबर्षिय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरुका लागि ७० करोड विनियोजन गरिएको छ ।
यस्तै नगरका विभिन्न सडक मर्मतका लागि १० करोड , फोहर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख , विद्युतिय कार्यक्रमका लागि २ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!