२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ कात्तिक । देशभर आज थप दुई हजार ८१७ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज थप दुई हजार ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।

त्यस्तै देशभर आज दुई हजार ८१२ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ५७ हजार ९२६ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा थप २१जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार एक सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!