२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १ साउन : न्याय प्रणालीमा ढिलासुस्ती बढेको जनगुनासो व्याप्त किर्तिमान कायम गरेको छ । यति ठूलो संख्यामा मुद्धा फस्र्यौट भएको सम्भवत यो पहिलो हो ।
उच्च अदालत विराटनगरले विहिवार पत्रकार सम्मेलन गर्दै मुद्धा फस्र्यौटमा लक्ष्यको तुलनामा ८९ दशमलव ६० प्रतिसत प्रगती हासिल गरेको दावी गरेको छ । तर लागतको तुलनामा ६० दशमलव १७ प्रतिसत फस्र्यौट भएको छ ।
विगतका बर्षहरुमा मुद्धा फस्र्यौटमा कमी आएको थियो । गत आर्थिक बष ०८१÷८२ को असार मसान्त सम्म ८ सय ५८ मुद्धा परेकोमा ७ सय ४८ फस्र्यौट भएका छन । विगत ५ बर्षको तुलनात्मक विवरण केलाउदा यो प्रगति उल्लेखनिय देखिन्छ ।
अदालतको भनाईमा , जनताको न्यायमा पहुँच सहज बनाउन र न्यायमा ढिलाई घटाउन म्द्धा फस्र्यौटलाई प्राथमिकता दिएको हो ।यसका लागि अदालतले डिजिटल फाईलिङ्ग, ई फाइलिङ्ग , नियमित पेशी र छिटो सुनवाईमा प्राथमिकता दिएको छ ।
उच्च अदालतका मुख्य न्याधिश राजनप्रसाद भट्टराईले मुद्धा फस्र्यौट कार्यमा उल्लेखनिय प्रगती हासिल गरेको बताए ।
कार्यक्रममा अभिलेख व्यवस्थापन सम्बन्धि विवरण पनि प्रस्तुत गरिएको थियो । जसअनुसार , जम्मा मिसिल ७० हजार २ सय ४२ मध्ये ६१ हजार ६ सय ९७ लाई सफ्टवेयरमा इन्ट्रि गरिएको , ८ हजार ५ सय ४५ लाई सफ्यवेयरमा इन्ट्रि नगरिएको , १४ हजार १ सय १८ लाई कम्प्यूटरमा इन्ट्रि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!