विराटनगर,२१ भाद्र: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका मन्त्रीहरूलाई फेर्ने विषयमा कुनै छलफल नरहेको स्पष्ट पारेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्री फेर्ने कुरा अहिले पार्टीभित्र वा सत्ता साझेदार दलहरूबीच उठेको नै नभएको बताए।
सभापति देउवाले सरकारले मुलुकका वर्तमान चुनौतीहरू समाधान गर्ने जिम्मेवारी वहन गरिरहेको भन्दै मन्त्री परिवर्तनजस्ता विषयमा अनावश्यक अड्कलबाजी गर्न नहुने धारणा राखे। “सरकार स्थिर रहनु अहिलेको आवश्यकता हो, त्यसैले मन्त्री फेर्ने कुरा अहिले एजेन्डा नै छैन,उनले भने।
उनले आगामी राजनीतिक एजेन्डाबारे समेत सञ्चारकर्मीहरूले सोध्दा सत्ता साझेदार दलहरूबीच निरन्तर संवाद भइरहेको जानकारी दिए। दलहरूबीच सहकार्यलाई मजबुत बनाउँदै मुलुकलाई आर्थिक र राजनीतिक स्थिरतर्फ लैजानु अहिलेको प्राथमिकता हो,” देउवाले भने।
उनले कांग्रेस संगठन सुदृढीकरण, आन्तरिक एकता र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणलाई पार्टीको प्रमुख एजेन्डा रहेको पनि बताए।




