२०८२ पुष १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ पुस: नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आज विराटनगरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७३ जना पत्रकारले स्वास्थ्य परीक्षण गराएका छन्। पत्रकारहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विराट नर्सिङ होमको प्राविधिक सहयोगमा मुटु, आँखा र कान सम्बन्धी विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन गरिएको हो।
स्वास्थ्य परीक्षणका क्रममा अधिकांश पत्रकारमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्। लामो समयसम्म अनियमित जीवनशैली, तनावपूर्ण कार्य वातावरण र निरन्तर समाचार संकलनमा खटिनुपर्ने अवस्थाले स्वास्थ्यमा असर पार्ने गरेको चिकित्सकहरूको निष्कर्ष छ।
शिविरमा ७ जना विशेषज्ञ चिकित्सकसहित १४ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो। स्वास्थ्य समस्या देखिएका पत्रकारलाई ओपीडी कार्ड उपलब्ध गराइ सात दिनभित्र अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारहरूले समस्यापछि मात्र होइन, नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता रहेकाे बताए ।
विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईओ) निकिता कार्कीले दिनरात समाचार संकलनमा खटिने पत्रकारहरूले आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्न नहुने जानकारी दिए । दैनिक रक्तचाप परीक्षण र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्दै पत्रकार महासंघसँग सहकार्य गरी नियमित स्वास्थ्य सेवामा अस्पताल सधैं तयार रहेको स्पष्ट उनले पारे ।
नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार तथा पूर्व अध्यक्ष बन्धु पोखरेलले
महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले पत्रकारको स्वास्थ्यलाई केन्द्रमा राखेर शिविर आयोजना गरिएको बताए । अध्यक्ष पनठकले आगामी दिनमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू पनि नियमित सञ्चालन गरिने जानकारी दिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!