विराटनगर,२२ चैत्र:विराटनगरस्थित नाेवेल मेडिकल काँलेज एण्ड टिचिङ्ग हस्पिटलमा न्यूराे साईन्स ईन्स्टिच्युट अफ नाेवेल (NINS) द्वारा आयोजित “Advances in Epilepsy Surgery” विषयक चौथो सिम्पोजियम चैत २० र २१ गते सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम Annapurna Neurological Institute and Allied Sciences (ANINAS) को सहकार्यमा आयोजना गरिएको थियो। सिम्पोजियमका कोर्स डाइरेक्टर प्राे.डा.प्रकाश काफ्ले रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा प्राे डा.वसन्त पन्तको सहभागिता रहेको थियो।

कार्यक्रमको अवसरमा NINS र ANINAS बीच आपसी सहकार्यका लागि समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त MoU मा नोबेल मेडिकल कलेजका तर्फबाट डा. प्रकाश काफ्ले र ANINAS का तर्फबाट डा. बसन्त पन्तले हस्ताक्षर गर्नुभएको हो।
सिम्पोजियममा एपिलेप्सी सर्जरीसम्बन्धी विभिन्न वैज्ञानिक प्रस्तुतीकरणहरू, केस डिस्कसन तथा क्लिनिकल मूल्याङ्क tatha Temporal Lobectomy” तथा “Corpus Callosotomy” सम्बन्धी क्याडाभेरिक कार्यशाला समेत सञ्चालन गरिएको थियो।
कार्यक्रममा विशेषज्ञचिकित्सक, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




