२०८३ कार्तिक २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ,१९ कार्तिक: सनसरीकाे हरिनगरामा आज एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। डेविशा मल्टिस्पेसियालिटी हेल्थकेयर सेन्टरको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १३६ जना आँखाका बिरामीले सेवा लिएका छन्। परीक्षणका क्रममा ४० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ।

हरिनगरास्थित डिविशा मल्टिस्पेसियालिटी हेल्थकेयर सेन्टरमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। शिविरमा विभिन्न उमेर समूहका महिला, पुरुष तथा ज्येष्ठ नागरिकले आँखाको परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएका थिए।

शिविरमा आँखा परीक्षण तथा स्वास्थ्य परामर्शका साथै सर्वसाधारणलाई सुपथ मूल्यमा पावर चस्मालगायत विभिन्न प्रकारका चस्मासमेत उपलब्ध गराइएको थियो।

समयमै आँखा परीक्षण र उपचार गर्न सके दृष्टिसम्बन्धी समस्याबाट हुने जोखिम कम गर्न सकिने भएकाले यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!