२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, ७ मंसिर । सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु भएकाे छ । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आइतबार एउटा जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएकाे हो ।

बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ।’

उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए । घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन् । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!