
काठमाडौं, १४ मंसिर । सरकारले स्वीट्जरल्याण्डबाट प्राप्त हुने सहायता स्वीकार गरेको छ ।
मन्त्रिपरिषद्ले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणअन्तरगत स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रकम प्रदेश नम्बर १ का लागि खर्च गरिने बताए ।