२०८० जेष्ठ १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ मंसिर । सडक मर्मत-सम्भार नगरेकाे भन्दै विराटनगरको केशलिया रोडमा स्थानीय धर्नामा बसेका छन् । विराटनगर वडा नं ६ र ११ नम्बर वडाको साझा रूपमा मानिएको हुलाकी मार्ग केशलिया रोड लामो समयदेखि मर्मत-सम्भार नभएको भन्दै स्थानीयले बाटैमा धर्ना दिएर विरोध गरेका हुन् ।

पटक-पटक तीनै तहका सरकारको ध्यानकषर्ण गराउँदा पनि अहिलेसम्म कुनै वास्ता नगरेका कारण सो बाटोबाट भएर हिँड्न अफठ्यारो भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । स्थानीयले यत्रतत्र केशिलया मार्ग अलपत्र जस्ता नारा अंकित व्यानर बोकेर विरोध गरेका छन् ।

विराटनगरको सबैभन्दा बढी नागरिक हिँड्ने मूलबाटो भएका कारण कुनै पनि सरकारले नहेरेको स्थानीय तथा धर्ना कार्यक्रमका संयोजक अक्षय अध्यक्ष सहिनीले बताए । ‘बुधबार, बिहीबार, शुक्रबार भन्दाभन्दै आखिरमा कहिले केशलिया रोड बन्ने ? केशलिया मार्ग कुन देशमा ?’, उनले प्रश्न गरे ।

सबैभन्दा बढी व्यस्त रहने सडकको मर्मत तथा सम्भारको लागि कुनै पनि सरकारले ध्यान नदिएका कारण स्थानीयले वर्षाैंदेखि सास्ती भोग्नु परेको साहले गुनासो गरे ।

हामीले महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको पनि पटक पटक ध्यानाकषर्ण गराईसेका छौँ । तर, अहिलेसम्म कसैको ध्यान नपुगेपछि आफूहरु बाध्य भएर आजदेखि अनिस्थिच सडकमा बसेर विरोध गर्नेछाैं, अध्यक्ष सहनीले बताए ।

यता मोरङ प्रहरीले सडक जाम गरेर बसेका स्थानीयलाई बाटो अवरोधन नगर्न भन्दै पटकपटक सम्झाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!