२०८० जेष्ठ १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । गत वर्ष सरकारसँग गरेको बाचा उद्योगीले पूरा नगरेको भन्दै सर्लाहीका उखु किसानहरुले आइतबारदेखि काठमाडौको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन शुरु गरेका छन् । गत वर्ष भएको त्रिपक्षीय सहमती अनुसार चिनी मिल सञ्चालकहरुले उखु किसानहरुको वक्यौता रकम नदिएपछि आफूहरु शाान्तिपूर्ण प्रर्दशनमा आउनु परेको किसानहरुले बताएका छन् ।

यसपटकको शान्तिपूर्ण प्रर्दशनमा गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्ने मागमा केन्दित गरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । प्रदर्शनमा किसानहरूले सानो छ खेत सानाे छ बारी सानै छ जहान । सानो छ देश ठूलो छ सरकार अटेन किसान, घर छ टाढा छैन भाडालगायतका पम्प्लेट बोकेका थिए ।

काठमाडाैंमा निःशुल्क खाना खुवाउँदै अाएकाे ‘हाम्रो टिम’ले उखु किसानको आन्दोलनलाई एक्यवद्धता जनाउँदै हाम्रो आन्दोलनस्थलमै बिस्कुट र पानी वितरण गरेको थियो । साथै भोलिदेखि सो टिमले खानपिनको सम्पूर्ण व्यवस्था पनि मिलाउने भएकाे छ ।

उद्योग मन्त्रालयलले भने उद्योगीहरुलाई उखु किसानको बक्यौता रकम भुक्तानी गर्न पटक पटक निर्देशन गरेको भए पनि भुक्तानी नपाउँदा किसान प्रर्दशनमा आएको विषयमा जानकारी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले सोमवार मन्त्रालयमा किसानका मागका बारेमा छलफल गरी अघि बढने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!