
विराटनगर, २ पुस । विराटनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत बिहार अररिया जोगबनी-९ का ३२ वर्षीय सुरेशकुमार राय र सोही स्थानका १३ वर्षीय मो.आशिक मियालाइ पक्राउ गरेकाे हो ।
उनीहरुलाई बुधबार साँझ सवा ५ बजे विराटनगर-१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रणपश्चात उनीहरुलाइ चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोइन फेला पारी बरामद गरिएको हो ।
यसैगरी विराटनगर-१७ का २७ वर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई बुधबार अपरान्ह ५ बजे विराटनगर-७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो ।
यसरी लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका तीनैजना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।