२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवलपरासी, ६ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–२, की खिना भूषाल च्याउ खेतीबाट राम्रो आम्दानी लिन मात्र सफल छैनन्, च्याउ खेतीबाट गरेको आम्दानीले जीविकोपार्जनदेखि धेरै कुरामा सघाउ पुगेको छ ।

च्याउ खेतीले पूर्वी नवलपरासी देशकै अग्र स्थानमा पर्दछ र यो जिल्ला च्याउ उत्पादन हुने जिल्लाका रुपमा अगाडि रहेको छ । ब्यबसायिक रुपमा कावासोती, मध्यबिन्दु देबचुली, गैंडाकोट नगरपालिका, हुप्सेकोट र बिनयीत्रिबेणी गाउँपालिका च्याउ खेतीका लागि जिल्लामै धेरै अगाडि रहेको हुप्सेकोट गाउँपालिकाका कृषि प्राबिधिक राजेन्द्र गौडेलले बताए ।

पूर्वी नवलपरासीको मध्यबिन्दुको प्रसौनी, तम्सरीया, मैनाघाट, च्याउखेतीको लागि उर्वर मानिन्छ । मध्यबिन्दु १५ प्रसौनीकी हरिकला महतो वर्षिक दुई हजार केजी च्याउ बिक्री गरेर छ लाख आम्दानी गरेको बताउँछिन् । यस्तै कावासोती २ की खिना भूषालले वार्षिक एक हजार केजी कन्ने च्याउ उत्पादन गरी वार्षिक तीन लाख आम्दानी गरेको बताउँछिन् ।

महतोले च्याउबाट गरेको आम्दानीले जेठो छोरालाई काठमाडौंमा वीएससी,कान्छो छोरालाई हेल्थ साईन्समा अध्ययन गराइरहेकाे बताउँछिन् । घरमा श्रीमान र श्रीमती दुवै जना च्याउ उत्पादनका लागि रातदिन यसैमा खटेर लागिपरेका र जिल्लामै च्याउ उत्पादनका लागि सफल कृषक बनेको बताउँछन् कृषि प्राबिधिक गौडेल ।

पूर्वी नवलपरासीमा अहिले वार्षिक एक करोडको च्याउ उत्पादन हुन्छ । त्यसमा सबैभन्दा बढि कन्ने, त्यसपछि गोव्रे र सीताके च्याउ उत्पादन भइरहेको गौडेलले बताए ।

यहाँका पालिकाहरुले प्रत्येक किसानको घरघरमा पुगेर किसानलाई उत्प्रेरणा दिने गरेकाले नै अहिले पूर्वी नवलपरासी च्याउ खेतीमा अग्रणी जिल्लाका रुपमा रहेको च्याउ कृषक बताउछन् ।
युवा र महिला शक्तिलाई च्याउ खेती तर्फ बढि आकर्षित गरेको, थारु जाती बढि यसमा संलग्न रहेका , च्याउ विक्रीका लािग बजारको समस्या नभएको, कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पूर्बी नवलपरासीमा च्याउ खेती नमूनाका रुपमा रहेको र यसतर्फ हजारौं कृषक व्यवसायिक रुपमा लागी परेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!