२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमौली, ५ माघ ।  व्यास नपा–१४ का मखन गुरुङ केही वर्ष अघिसम्म वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीका लागि कहिले इराक, कहिले दुबई त कहिले साउदी अरब र मलेसियासम्म पुगेका उनी अहिले भने आफ्नै गाउँमा च्याउ र तरकारी खेतीमा रमाइरहेका छन् । लामो समय विदेशमा रोजगारीमा बिताएँका उनके स्वदेशको जस्तो कमाइ विदेशमा भएन ।

मखनले व्यास नपा १३ का साथी टकबहादुर गुरुङसँग मिलेर व्यास नपा १३ को सोंढेमा च्याउखेती गरेका छन् । टकबहादुरले चार वर्ष अघिदेखि गरेको च्याउ खेतीमा मखन दुई वर्ष अघिदेखी मिसिएका हुन् । यसबाहेक मखनले आफ्नै घर नजिक ३ रोपनी जग्गामा एभोकाडो र तरकारी खेती गरेका छन् ।

सोंढेस्थित बुद्धसिंह मार्गको छेवैमा टकबहादुर र मखनले जग्गा भाडामा लिएर च्याउखेती गरेका छन् । पाँच वटा टनेल बनाएर जापानीज ब्ल्यु क्याप र अ‍मेरिकन ब्ल्यु क्याप जातको च्याउबाट मनग्गे आम्दानी भएको टकबहादुरले बताए ।

एउटा टनेल निर्माण गरि च्याउ उत्पादन गर्दासम्म ९० हजार रुपैयाँ खर्च हुने र त्यसबाट डेढ लाख जति अम्दानी हुने बताउँदै उनले पाँच वटा टनेलबाट एक पटक करिब ३ लाख रुपैयाँ जति नाफा हुने बताए ।

वर्षायाममा किरा लाग्ने तथा हावा हुरी र पानीले टनेललाई असर गर्ने हुँदा असोजको सुरुदेखी चैत मसान्तसम्म मात्र च्याउ लगाउने टकबहादुरले बताए । वैशाखदेखि असोजम्म धान, मकै, कोदो तथा तरकारी खेतीमा लाग्ने उनले बताए ।

सिराहा जिल्लाबाट पराल ल्याई त्यसलाई पकाएर कटिङ गरेर पोका/पोका बनाएर टनेल भित्र बनाइएको टाँडमा झुन्ड्याएर च्याउ उत्पादन गरिँदै आएको छ । प्रत्येक टनेलमा १५ दिनको फरकमा च्याउ उमार्ने भएको कारण सिजभर हरेक १५ दिनमा च्याउ विक्री गर्न सकिने उनहरुको भनाइ छ । उत्पादित च्याउ सदरमुकाम दमौलीमा ल्याई प्रति केजी १ सय ६० रुपैयाँमा थोकमा विक्री गर्दै आएको उनले जानकारी दिए ।

विदेशको भन्दा स्वदेशमै राम्रो कमाइ भएपछि मखनले विदेश जाने सोच त्यागिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!