
काठमाडौँ, ८ माघ । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकाे १० लाख डोज कोरोनाविरुद्धको खोप काठमाडाैं भित्रिएकाे छ । खोपको पहिलो खेप बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएको हाो ।
नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणमा आएकाे खोप निःशुल्क उपलब्ध भएको जनाएका छन् । मन्त्रालयका अनुसार भारतबाट प्राप्त भएकाे कोभिसिल्ड खोप बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
कोरोनाविरुद्धको खोप आयातका लागि कानुनी, प्राविधिक र आर्थिक तयारीसमेत पूरा भएकाले पहिलो चरणमा खोप आएपछि क्रमशः दोस्रो, तेस्रो चरणमा समेत खोप आउने जानकारी मन्त्री त्रिपाठीले दिएका छन् । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराइने उनकाे भनाइ छ ।
क्रमशः सबै नागरिकलाई उपलब्ध गराइने उनले बताए ।