२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपालमा कोरोना भाइरसका एक हजार२०१  ज्ना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप एक हजार २०१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५३ हजार १२० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ८५२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७ हजार ५२४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!