२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लहान, १३ माघ । सिरहाको मिर्चैया नगरपालिका–९ बाट गाँजासहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो ।

मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखिएको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

सो क्रममा प्रहरीले स६प ३८६५ नंको डिस्कोभर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खानतलासी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!