विराटनगर, १८ माघ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार ८८ हजारभन्दा धेरैले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार खोप अभियान सुरु भएकाे पाँचौँ दिन ८८ हजार सात जनाले खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ ह जार ८७७ जनालाई खोप लगाइएको छ ।





